नेकपाको केन्द्रीय कमिटी बैठक कात्तिक १५ देखि १७ सम्म गर्न प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी कात्तिक १५ देखि १७ गतेसम्मका लागि केन्द्रीय कमिटी बैठक राख्न प्रस्ताव तयार गरेका छन् । सो प्रस्ताव शुक्रबार बस्‍न लागेको स्थायी कमिटीको बैठकमा प्रस्तुत गरिनेछ । 

पार्टीको एकता महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गर्नका लागि बैठक राख्‍न लागिएको हो । अध्यक्षद्वयको प्रस्तावमा सो मितिमा केन्द्रीय कमिटीको बैठक आयोजना गरेर उक्त बैठकमार्फत एकताको राष्ट्रिय महाधिवेशन आयोजनाको तयारी गर्ने उल्लेख छ । 

महाधिवेशनका लागि दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटी लगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिकालगायत समग्र कार्ययोजना प्रस्तुत गर्ने सो बैठकको एजेन्डा हुनेछ । 





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १८:१६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया