सप्तरीमा एसपीसहित थप १७ जनामा कोरोना संक्रमण

बिहीबार सप्तरीका प्रहरी उपरीक्षक (एसपी)सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एसपी राजेन्द्रप्रसाद धमला, प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारतीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमण पुष्टि भएपछि एसपी धमला र डिएसपी भारती होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ । 

अन्य संक्रमितमा गजेन्द्रनारायण सिंह अस्पतालका एक स्वास्थ्यकर्मी र एक सफाइकर्मी, सप्तरी कारागारका दुई सुरक्षाकर्मी, नौ कैदीबन्दी तथा राजविराज नगरपालिकाका दुईजना रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १९:३२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया