नयाँ सिजनको पहिलो खेलमा पिएसजी पराजित

साविक विजेता पेरिस सेन्ट जर्मन (पिएसजी) ले हारबाट लिग वानको नयाँ सिजन सुरुवात गरेको छ । पिएसजीले गएराति भएको खेलमा नवप्रवेशी क्लब लेन्ससँग १–० को पराजय व्यहोरेको हो । 

लेन्सको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन इग्नाटियुस गनागोले ५७ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । 

पिएसजी नेयमार, केलियन एम्बाप्पे, एन्जल डि मारिया जस्ता आफ्ना स्टार खेलाडीहरुविना नै मैदानमा उत्रिएको थियो । उनीहरु सहित पिएसजीका कुल ७ खेलाडी कोरोना संक्रमणका कारण हाल आइसोलेसनमा छन् ।

कोरोना कहरकाबीच पनि यो खेलमा ५ हजार दर्शकलाई रंगशालमा प्रवेश गर्न दिइएको थियो । अब पिएसजीले आफ्नो दोस्रो खेल आइतबार मार्सेलीसँग खेल्नेछ ।  





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार ७:५०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया