आजबाट नेकपा स्थायी कमिटी बैठक, माधव नेपाल समूहले असहमति राख्ने
फाइल तस्वीर ।

यसअघि १३ साउनमा स्थगित भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । विहान ११ बजेबाट सुरु हुने बैठक बालुवाटारमा बस्ने भएको हो । 

पछिल्लो समय शक्ति संघर्षका कारण नेकपामा देखिएको विवाद उत्कर्षमा पुगेपछि नेकपामा स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

यो बैठक लामो समय स्थगित भएपछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेका थिए । कार्यदलले प्रतिवेदन बुझाएपछि दुई अध्यक्षले यसमा सहमतिको खाका तयार पारेका छन् । यो आजको बैठकमा छलफलका लागि पेश हुने भएको छ ।

यसमा दुई अध्यक्षको कार्यविभाजन पनि राखिएको छ । 

तर, दुई अध्यक्षबीच भएको यो सहमतिमा माधव नेपाल समूहले असन्तुष्टि जनाएको छ । माधव नेपाल समूहले एक व्यक्ति एक पद हुनुपर्ने मागमाथि दाबी पनि गरिरहेको पनि छ । नेपाल समूहले दुई अध्यक्षबीच सहमति नभएर पार्टीलाई विधि र विधानका आधारमा अगाडि बढाउनु पर्ने पनि माग गर्दै आएको छ ।

आज सुरु हुने नेकपाको स्थायी कमिटी बैठक आजै टुङ्ग्याउने योजना रहेको पनि बुझिएको छ ।





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार ८:१३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया