विश्वभर २ करोड ८३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३ लाख १ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या २ करोड ८३ लाख १६ हजार ५६६ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।
पछिल्लो ४ घण्टामा विश्वभर ५ हजार ९८४ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १३ हजार २८४ पुगेको छ ।
पछिल्लो समय विश्वभर संक्रमणमुक्त हुनेको संख्या पनि बढिरहेको छ । एकै दिन २ लाख ३६ हजार ६८३ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । वर्ल्डोमिटर्सका शुक्रबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३ लाख २८ हजार ४२८ पुगेको छ । कुल संक्रमितमध्ये करिब ७१ प्रतिशत संक्रमणमुक्त भएको तथ्यांक छ ।
उत्तर अमेरिकी मुलुकमा संक्रमितको संख्या ७८ लाख ३३ हजार ५०९ पुगेको छ । त्यसमध्ये ४७ लाख ३९ हजार ९६४ जना संक्रमणमुक्त भएका छन् भने २ लाख ८५ हजार ५६२ जनाको मृत्यु भएको छ ।
यस्तै एसियाली मुलुकमा ८२ लाख २८ हजार ३१९ जना संक्रमित भएकोमा ६६ लाख ३५ हजार ३४२ जना संक्रमणमुक्त भएका छन् । यहाँ १ लाख ५९ हजार ६७ जनाको मृत्यु भएको छ ।
दक्षिण अमेरिकी मुलुकहरूमा ६९ लाख ३३ हजार ७५५ जना संक्रमित भएकोमा ५६ लाख ४४ हजार ८५१ जना संक्रमणमुक्त भएका छन् भने २ लाख २३ हजार ९६४ जनाको मृत्यु भएको छ ।
३९ लाख ५३ हजार ९३९ जना संक्रमित भएको युरोपियन मुलुकमा २ लाख ११ हजार ५६२ जनाको मृत्यु भएको छ भने २२ लाख ९ हजार ३९८ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, १३ लाख ३६ हजार ४०७ संक्रमित भएको अफ्रिकी मुलुकमा १० लाख ७२ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् भने ३२ हजार १७८ जनाको ज्यान गएको छ ।
त्यस्तै २९ हजार ७२७ जना संक्रमित भएको अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८१९ जनाको मृत्यु भएको छ । यहाँ २५ हजार ५४१ जना संक्रमणमुक्त भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।