इङ्ग्ल्यान्ड–अस्ट्रेलिया पहिलो एक दिवसीय खेल आज

घरेलु टोली इङ्ग्ल्यान्ड तथा अस्ट्रेलिया बीचको ३ खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेल शुक्रबार हुँदैछ । खेल नेपाली समयअनुसार साँझ पौने ६ बजेबाट म्यानचेस्टरस्थित इमिरेट् वर्ल्ड ट्राफफोर्ट मैदानमा हुनेछ ।

घरेलु टोली  इङ्ग्ल्यान्ड इयन मोर्गानको कप्तानीमा तथा पाहुना टोली अस्ट्रेलिया आरोन फिंचको कप्तानीमा मैदामा उत्रिनेछ ।  

भर्खरै सम्पन्न टि–२० सिरिजमा २–१ को जित हाँसिल गरेको घरेलु टोली उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ भने पाहुना टोली पनि टि–२० को हारको बदला लिने दाउमा हुनेछ ।

उनीहरू सन् २०१९ जुलाई यता पहिलोपटक एक अर्काको आमने–सामने हुन लागेका हुन् । हालसम्म यी दुई टोलीबीच २२ एकदिवसीय सिरिज हुँदा अस्ट्रेलियाले १२ तथा इङ्ग्ल्यान्डले १० सिरिजमा जित हात पारेका छन् । 

त्यस्तै इङ्ग्ल्यान्ड र अस्ट्रेलिया बीच इङ्ल्यान्डमा भएका १५ एकदिवसीय सिरिजमा इङ्ग्ल्यान्डले ८ तथा अस्ट्रेलियाले ७ खेलमा जित हात पारेका छन् ।

यो सिरिजमा जित हात पार्दै इङ्ग्ल्यान्ड अस्ट्रेलियामाथि लगातार ३ एकदिवसीय सिरिजमा जित हात पार्ने दाउमा हुनेछ भने अस्ट्रेलिया ५ वर्षपछि इङ्ल्यान्डमा एकदिवसीय सिरिज जित्ने दाउमा हुनेछ । 



अस्ट्रेलियाले सन् २०१५ मा इङ्ग्ल्यान्डविरुद्ध भएको पाँच खेलको एकदिवसीय सिरिजमा ३–२ को जित हात पारे यता भएका २ एकदिवसीय सिरिजमा घरेलु टोली इङ्ग्ल्यान्डसँग पराजय बेहोरेको छ । 

आजको खेलबाट घाइते भएका जेसन रोय तथा टेस्ट टिमका कप्तान जो रुटले इङ्ल्यान्डको टिममा पुनरागमन गर्नेछन् ।



यस्तो छ इङ्ग्ल्यान्ड टोली 

इयन मोर्गान (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेरिस्टो, टोम बेनटोन, साम विलिंग्स, जोस बटलर (विकेटकिपर), साम करन, जो रुट, क्रिस वोक्स, आदिल रासिद, टम करन र मार्क उड र जेसन रोय ।

यस्तो छ अस्ट्रेलियन टोली

आरोन फिंच, सन एबट, एस्टन अगर, एलेक्स केरी (विकेटकिपर), डेभिड वार्नर, प्याट कमिंस, जोस हेजलउड, नाथन लायन, स्टिभ स्मिथ, मार्नस लाबुसेन, मिचेल मार्स, राइली मेरिडिथ, जोस फिलिपे, ग्लेन म्याक्सवेल, डानियल साम्स, केन रिचर्डसन, मार्कस स्टोनिस,एन्ड्रु टाई, मिचेल स्टार्क, एडम जाम्पा र म्याथ्यु वेड ।
 

  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार १३:३८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया