कोरोना संक्रमित प्रहरीको संख्या २ हजार ६४२ पुग्यो, जोखिम बढ्दो

प्रहरीमा चार डीआईजीसहित २ हजार ६४२ जनालाई कोरोना संक्रमण भएको छ । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ८६६ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

१ हजार २ सय चारजना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १४४ र काठमाडौं उपत्यकाका ७२२ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १५४, प्रदेश २ मा ९२, वाग्मती प्रदेशमा ८२, गण्डकीमा ८१, प्रदेश ५ मा १०२, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

पछिल्लोपटक संक्रमित प्रहरीहरुलाई नागार्जुन नगरपालिकाको वडा नं १ मा रहेको न्यून आयवर्गका लागि निर्मित भवनको आइसोलेसनमा राखिएको छ । 





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार १४:३२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया