स्वास्थ्य संसदीय समिति गठन गर्नुपर्ने सांसदहरूको माग

कोभिड–१९ को प्रभाव र अवस्थालाई अनुगमन गरी भइपरी आउने अवस्थाको विश्लेषण गर्न छुट्टै स्वास्थ्य संसदीय समितिको गठन गर्नुपर्ने माग राख्दै सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार सांसदहरुले सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन जानेमा गगन थापा, भीमसेन दास प्रधान, रामकुमारी झाँक्री, राजेन्द्र श्रेष्ठ, शशि श्रेष्ठलगायत थिए ।

कोभिड १९ को कारणले जन स्वास्थ्यमा प्रभाव पर्नुको साथै दैनिक ज्यालादारीमा मजदूरी गर्ने श्रमिक, उद्योगधन्दा, शैक्षिक संस्था, आम उपभोक्ता वर्ग तथा कोरोना नियन्त्रण र रोकथामतर्फ सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायत समस्यामा परेको ज्ञापनपत्रमा उल्लेख छ । 
‘हालको समस्या र तिनको व्यवस्थापनमा भइरहेका बेथितिको सम्बोधन गर्नेगरी कोभिडको अवस्था र प्रभावलाई मात्र अनुगमन गर्नेगरी सरकारलाई राय सुझाब दिन संसदीय समिति गठन गर्न पहल गर्नुपर्नेछ,’ समिति बनाउने विषयमा बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । समिति बनाउने विषयमा सभामुख सकरात्मक रहेको सहभागी सांसदले बताए ।





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार १५:११:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया