भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

भारतमा कोरानाबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोनाबाट सङ्क्रमित भएका छन् ।

सोही अवधिमा भारतमा कोरोनाकै कारण १ हजार २०९ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म कुल ४५ लाखभन्दा बढी सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरि कुल ४५ लाख ६२ हजार ४१५ जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कुल सङ्क्रमितमध्ये ९ लाख ४३ हजार ४८० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ३५ लाख ४२ हजार ६६४ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

भारतमा अहिलेसम्म कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या ७६ हजार २७१ पुगेको अधिकारीले शुक्रबार जनाएका छन् । भारतका प्रदेशमध्ये सबैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि २ लाख ५३ हजार एक सय मानिस कोरोनाबाट प्रभावित भएका सक्रिय सङ्क्रमित रहेका छन् ।

महाराष्ट्रमा मात्रै अहिलेसम्म कुल ६ लाख ८६ हजार ४६२ जना सङ्क्रमित भएका छन् भने अरु २७ हजार ७८७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । त्यसैगरी दोस्रो धेरै प्रभावित भएको आन्द्र प्रदेशमा ९७ हजार २७१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यस प्रदेशमा अहिलेसम्म कुल ४ लाख २५ हजार ६०७ जना सङ्क्रमित भएका छन् भने ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार १८:४५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया