फाइभ स्टार होटलको आइसोलेसनमा छन् काठमाडौंका मेयर शाक्य
फाइल तस्वीर ।

केही दिन यता काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । शुक्रबार त अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित काठमाडौं उपत्यकामा भेटिए । त्यसमा पनि काठमाडौंमा मात्र ६ सय २० जना संक्रमित भेटिएका थिए ।

एकातिर काठमाडौंमा कोरोनाभाइरस संक्रमित भेटिने क्रम बढेको छ भने अर्कोतिर काठमाडौंमा अब आइसोलेसन सेन्टरहरु कम हुन थालेका छन् । काठमाडौंमा आइसोलेसन सेन्टरहरु कम भएपछि सरकारले नै लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा बस्न अनुरोध गर्दै आएको छ ।

केहीअघि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । मेयर शाक्यलाई कोरोना पुष्टि भएपछि उनी कहाँ उपचार गराइरहेका होलान् भन्ने चासो सबैमा होला । उनी कहाँको आइसोलेसनमा छन् भन्ने चासो हुनु स्वभाविक पनि हो । यी मेयर अहिले छन्, काठमाडौंको विशेष आइसोलेसनमा । यो आइसोलेसन नेपालकै सबैभन्दा महंगो आइसोलेसन पनि हो । अर्थात्, मेयर शाक्य अहिले छन्, सोल्टी होटलको महंगो रुमको आइसोलेसनमा । 

यसअघि उनले आफू घरमै बसेको बताएका थिए । तर, उनी सोल्टी होटलको आइसोलेसनमा रहेको खुलासा भएको हो । १५ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि मेयर शाक्य सोल्टी होटलको कोठामा पत्नीसँग बस्न थालेका हुन् । उनलाई मेडिसिटी र ग्रान्डी अस्पतालका चिकित्सकको निगरानीमा त्यहाँ राखिएको पनि खुलेको छ । 

मेयर शाक्य सोल्टी होटलको आइसोलेसनमा भएको खुलासा भएपछि उनको व्यापक आलोचना बढ्न थालेको छ ।





  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार ६:५४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया