प्रिमियर लिगको नयाँ सिजन आजबाट

इङ्ग्लिस प्रिमियर लिगको नयाँ सिजन शनिबारबाट सुरु हुँदैछ । कोरोना भाइरसका कारण अघिल्लो सिजन समयमानै समाप्त हुन नसकेपछि यो सिजन केही ढिलो गरी सुरु हुन लागेको हो ।

मात्र सात हप्ताको विश्रामपछि लिगको नयाँ सिजन सुरु हुन थालेको हो । लिग अन्तर्गत आज ४ खेल हुँदै छन् । 

आजको पहिलो खेलमा आर्सनलले यो सिजन शीर्ष लिगमा उक्लिएको फुलहम एफसीको सामना गर्नेछ । खेल साँझ सवा ५ मा फुलहमको घरेलु मैदान क्रेभन कटेजमा हुनेछ ।

बेलुका पौने ८ मा क्रिस्टल प्यालेसले घरेलु मैदान सिलहस्र्ट पार्कमा साउथह्याम्टनको सामना गर्नेछ । 

राति सवा १० मा साबिक विजेता लिभरपुलले यो सिजन शिर्ष लिगमा उक्लिएको लिड्स युनाइटेडसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । 

आजको अन्तिम खेलमा वेस्टहामले घरेलु मैदान लण्डन स्टेडियममा न्युक्यास्टल युनाइटेडको सामना गर्नेछ । खेल अबेर राति पौने १ मा हुनेछ ।





  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार ११:५२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया