तालिवान र अफगानिस्तानबीच ऐतिहासिक शान्ति वार्ता सुरु
अफगान सरकारका तर्फबाट वार्ता टाेलीका संयाेजक ।

अफगानिस्तान सरकार र विद्रोही समूह तालिवानबीच ऐतिहासिक वार्ता कतारमा सुरु भएको छ । शनिबार विहान सुरु भएको यो वार्ताले वर्षौ लामो द्वन्द्व अन्त्य गर्न सक्ने अनुमान गरिएको छ ।

सन् २००१ मा अमेरिकी आक्रमणपछि तालिबानको सत्ता अफगानिस्तानबाट विस्थापित भएको थियो । त्यसपछि सशस्त्र द्वन्द्वमा उत्रिएको तालिबानी युद्धका कारण अफगानिस्तानमा हजारौँले ज्यान गुमाएका छन्, लाखौँ घरवारविहिन भएका छन् । त्यसैले यो वार्ताले अफगानिस्तानमा नयाँ परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ ।

दोहामा शनिबार विहान सुरु भएको यो वार्ताका लागि कडा सुरक्षाको व्यवस्था गरिएको छ । न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार बारम्बारको प्रयासपछि दुवै पक्ष फेरि वार्तामा बस्न तयार भएका हुन् । यसअघि तालिवानले अमेरिकी अधिकारीहरुसँग पनि वार्ता गरेको थियो । यसअघि तालिवानले अफगानिस्तान सरकार अमेरिकी पपेट भएको भन्दै उनीहरुसँग वार्तामा बस्न अस्वीकार गर्दै आएको थियो । 

फ्रेबुअरीमा अमेरिका र तालिबानसँग भएको ऐतिहासिक सम्झौता पछि मात्र अफगानिस्तान र तालिबानबीचको यो वार्ता सम्भव भएको हो । अमेरिकाले यो वार्तामा आफ्नो सैनिक फिर्ता लैजाने र अफगानिस्तान सरकारले ५ हजार तालिवानी लडाकुलाई जेलबाट छोड्ने सर्त पालना गरेपछि यो वार्ता सम्भव भएको हो ।

अफगानिस्तान सरकारका वार्ता टोलीका संयोजक तथा त्यहाँको पुनर्उत्थान परिषद्का प्रमुख अब्दुल्लाअब्दुल्लाहले यो वार्ताले आफूहरुलाई पूर्ण रुपमा परिवर्तन गर्नेमा आफू विश्वस्त भएको बताएका छन् ।





  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार १२:१९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया