भारतमा बनेको कोरोनाविरुद्धको यो भ्याक्सिन बाँदरमा भयो सफल

भारत बायोटेकले बनाएको कोरोनाभाइरस भ्याक्सिन कोभ्याक्सिन जनावरमा गरिएको परीक्षणमा सफल भएको छ । कम्पनीले शुक्रबार यसको घोषणा गर्दै यसको परीक्षण बाँदरमा गरिएको र बाँदरमा यो सफल भएको जनाएको हो । 

बाँदरको शरीरमा भएको जीवित कोरोनाभाइरस भ्याक्सिनलाई यसले हटाउन सकेको पनि कम्पनीले जनाएको छ । कम्पनीले बाँदरको इम्युनिटीलाई ख्याल गरेर आफूहरुले यो भ्याक्सिन बनाएको जनाएको छ । योसँगै अब यो भ्याक्सिनको दोस्रो फेजको ट्रायल सुरु हुने भएको छ ।

पहिलो फेजमा भारत बायोटेकले २० बाँदरको समूहलाई चार समूहमा बाँडेको थियो । अनि यी समूहमा फरक फरक डोजमा भ्याक्सिन दिइएको थियो । १४ दिनमा फेरि बाँदरहरुलाई कोरोनाभाइरस संक्रमित भएको ठाउँमा राखिएको थियो । तर, जुन भ्याक्सिन पाएका बाँदरहरु थिए, उनीहरुमा यो भ्याक्सिनको असर राम्रो देखियो, उनीहरुमा कोरोना संक्रमण हुनै पाएन ।

भारतमा यो भ्याक्सिनको पहिलो फेज १५ जुलाईमा सुरु भएको थियो । भारतका १७ ठाउँमा यसको पहिलो चरणको परीक्षण गरिएको थियो । 

अब यसको दोस्रो चरणको क्लिनिकल परीक्षण गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।





  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार १२:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया