फेसबुकमा फोटो राखेको विषयमा भएको झडप साम्य पार्न सात राउण्ड अश्रुग्यास प्रहार

जनकपुरमा फेसबुकमा फोटो राखेको विषयमा दुई पक्षबीच झडप भएपछि झडप साम्य पार्न प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको छ । 

प्रहरीका अनुसार मोहर्रम पर्व मनाउन बनाइएको दाहाको फोटो एक व्यक्तिले फेसबुकमा राखिदिएपछि विवाद भएको थियो ।

जनकपुरधाम–२० रुपैठामा शनिबार भएको झडपमा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । दुई पक्षबीच कडा झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको धनुषा प्रहरीको भनाइ छ ।  

प्रहरीका अनुसार अहिले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर छलफल जारी छ । 





  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार १७:५६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया