सरकार नागरिकको स्वास्थ्यप्रति गैरजिम्मेवार : कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकको स्वास्थ्यप्रति सरकार गैरजिम्मेवारभएको आरोप लगाएका छन् । देउवाले कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै गइरहेको बेला पनि सरकार सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील नभएको आरोप लगाएका हुन् । 

 ‘सरकार अत्यन्तै गैरजिम्मेवार भइरहेको छ । कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई कुनै मतलब छैन, कुनै चिन्ता देखिएको छैन,’ कांग्रेस कोभिड–१९ अनुगमन समितिले गरेको भर्चुअल छलफलमा देउवाले भने, ‘सरकार कोरोना संकटका बेलामा पनि भ्रष्टाचारमा लिप्त छ । मानवीय संवेदना देखिएन ।’

कांग्रेस कोभिड–१९ अनुगमन समितिले प्रदेश १ का पार्टीका अगुवा नेता–कार्यकर्ताका साथै जनप्रतिनिधिसँग गरेको भर्चअल संवादमा देउवाले यस्तो आरोप लगाएका हुन् ।

छलफलमा सभापति देउवाले भ्रष्टाचार गर्नुभन्दा अस्पताल निर्माणमा लाग्न सरकारलाई आग्रह गर्दै पिसिआर परीक्षण बढाउन आग्रह गरे ।

सभापति देउवाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कोरोना संकटका बेलामा जनताको सेवामा काम गर्न निर्देशन दिए ।





  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार १८:८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया