फुलहममाथि आर्सनलको सहज जित

शनिबार भएको खेलमा आर्सनलले यो सिजन शीर्ष लिगमा उक्लिएको फुलहम एफसीमाथि ३–० को सहज जित निकाल्दै यो सिजनको इंग्लिस प्रिमियर लिगमा सुखद सुरुवात गरेको छ । 

फुलहमको घरेलु मैदान क्रेभन कटेजमा भएको खेलमा ८औँ मिनेटमा नै एलेक्सजेन्डर लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको ४९औँ मिनेटमा विलियनको कर्नर क्रसलाई हेडमार्फत उत्कृष्ट गोल गर्दै ग्याब्रियलले आर्सनलको अग्रतालाई दोब्बर बनाए । 

खेलको ५७औँ मिनेटमा विलियनकै पासलाई सदुपयोग गर्दै कप्तान पियरे इम्रिक औबामियाङले आर्सनललाई ३–० को स्थितिमा पुर्याए । त्यसपछि कुनै पनि टिमबाट गोल हुन नसकेपछि आर्सनले सहज जित हातपारेको हो ।





  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार १९:४०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया