परीक्षा तयारीका लागि कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्दै परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ । कोरोना भाइरसका कारण रोकिएको परीक्षा तयारीका लागि बोर्डले विवरण संकलनको तयारी अघि बढाएको हो । 

बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थी महामारीका कारण अध्ययनरत विद्यालयभन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन भन्ने विवरण  सात दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा आइपुग्ने गरी संकलन गर्न लागेको हो ।

बोर्डले कक्षा १२ को परीक्षा आवेदन भरेका र हाल आफू अध्ययनरत विद्यालयभन्दा टाढा रहेका विद्यार्थीलाई हाल बसिरहेको स्थान र आफू बसिरहेको स्थान नजिकको कक्षा १२ पढाइ हुने विद्यालय, कोड र ठेगाना सहितको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । 

शिक्षा ऐनअनुसार कक्षा १२ को परीक्षा स्थगित गर्न नमिल्ने भएको हुनाले वैकल्पिक माध्यमबाट परीक्षा लिने तयारी भइरहेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार २०:६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया