चुनावमा हुने अस्वस्थ प्रतिस्पर्धा नै भ्रष्टाचारको प्रमुख कारक रहेको गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले बताएका छन् ।
युएस–नेपाल पोलिसी रिसर्च सेन्टरद्वारा आयोजित ‘राजनीतिक संस्थाहरूमा संकट र निर्वाचन प्रणालीमा सुधार’ शीर्षकको भर्चुअल सम्मेलनको शनिबार उद्घाटन गर्दै डा. यादवले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुने हो भने भ्रष्टाचार स्वतः घट्ने बताए । उनले भने, ‘निर्वाचन पारदर्शी, निष्पक्ष र धाँधलीरहित हुने हो भने भ्रष्टाचारलगायत समस्या स्वतः कम हुन्छ ।’
‘मधेसी, दलित, महिला, आदिवासी जनजातिलगायतलाई राष्ट्र निर्माणमा सहभागी गराउन जनतालाई अधिकारसम्पन्न गराउनुपर्ने उल्लेख गर्दै डा. यादवले भने, ‘प्रथम राष्ट्रपतिको नाताले जनतालाई संविधान समर्पण गर्ने अवसर पाएँ, तर संविधानमा प्राण भर्ने जिम्मेवारी दलहरूकै हो ।’
निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले अहिलेको निर्वाचन प्रणालीमा जति नै लोकप्रिय र योग्य भए पनि खर्च गर्न नसक्ने व्यक्ति निर्वाचित भएर आउन असम्भवप्रायः रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।