नेपाल प्रहरीले ट्याक्सीमा चरेस राखेर बेच्न हिँडेका तीन युवकलाई स्वयम्भूबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुरानो नैकापका २२ वर्षीय सुवर्ण पौडेल, धादिङको नौबिसे घर भएका २७ वर्षीय सागर लामा र ट्याक्सीचालक सिन्धुपाल्चोकका २५ वर्षीय सुमन श्रेष्ठ छन् ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोबाट खटिएको विशेष टोलीले उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
बा२ज ५७०९ नम्बरको ट्याक्सीमा चरेस राखेर बिक्री गर्न लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरी सशस्त्रको टोलीले थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीमा बुझाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।