शनिबार साँझ काठमाडौंको सडकमा यसरी गुड्यो सेनाको जहाज (१० तस्बिर)

शनिबार बेलुकी पख काठमाडौंको एयरपोर्टदेखि नारायणहिटी दरबारसम्म सडक आसपास रहने व्यक्तिहरुले सडकमा एक हवाई जहाज गुडेको रमाइलो दृश्य देखे । झट्ट हेर्दा कुनै बिग्रिएको सवारी साधनलाई मर्मतका लागि कतै लगिएको जस्तो देखिन्थ्यो ।

सेनाको पुरानो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट नारायणहिटी संग्रहालयमा  राख्नका लागि लगिएको हो ।

पखेटा निकालिएको विमानलाई विमानस्थलबाट तीनकुने–बानेश्वर–माइतीघर हुँदै संग्राहलय लगिएको थियो।

विमानस्थलमा लामो समयदेखि थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई २०३१ सालमा नेपालमा ल्याइएको थियो । यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए ।

नारायणहिटी संग्रहालयको बदाम चौरमा राखिने यस विमान आवश्यक तयारीपछि सर्वसाधारणले पनि हेर्न पाउने व्यवस्था गरिने नारयणहिटी संग्रहालयले जनाएको छ। तस्बिरहरु : फरक धार





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार ७:५२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया