युएस ओपन टेनिसको उपाधि ओसाकालाई

युएस ओपन टेनिसको महिला एकलतर्फको उपाधि जापानिज खेलाडी नाओमी ओसाकाले जितेकी छिन् । ओसाकाले बेलारुसकी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले जितेकी हुन्।
उनले पहिलो सेट गुमाएता पनि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो पटक युएस ओपनको उपपाधी हात परेकी हुन्।

आइतबार बिहान न्यूयोर्कमा भएको खेलमा । पहिलो सेट अजारेन्काले ६–१ ले आफ्नो पक्षमा पारेकी थिइन तर त्यपछिको सेटमा ओसाकाले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो जीवनको तेस्रो ग्रान्डस्लाम उपाधि जित्न सफल भइन् । ओसाकाले दोस्रो तथा तेस्रो सेट समान ६–३ ले आफ्नो पक्षमा पारेकी थिइन् ।

विश्व वरियातमा चौथौ नम्बरमा रहेकी २२ वर्षीय ओसाकाले यसअघि सन् २०१८ को युएस ओपन तथा २०१९ को अष्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् ।

 





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १०:२६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया