एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनीलाई कोराना संक्रमण

स्पेनिस क्लब एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनीलाई कोराना संक्रमण

भएको छ । नयाँ सिजनको प्रशिक्षणअघि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको क्लबले शनिबार विज्ञप्तिमा जानकारी दिएको हो ।

५० वर्षीय यी अर्जेन्टिनी प्रशिक्षकमा कोरोना पुष्टि भए तापनि कुनै लक्षण नदेखिएको तथा उनी हाल घरमै सेल्फ आइसोलेसनमा रहेको क्लबले जनाएको छ ।

एथ्लेटिको मड्रिडले गत सोमबारबाट प्रशिक्षण सुरु गरेको थियो । कोरोना पुष्टि भएपछि  सिमोनी अब कम्तीमा पनि १४ दिन प्रशिक्षणमा सहभागी हुने छैनन् । 

‘उनमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन । उनी हाल सेल्फ आइसोलेसनमा छन् । क्वारेन्टिनको समय समाप्त भएपछि मात्र उनी क्लबको प्रशिक्षणमा सहभागी हुनेछन् ।’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एथ्लेटिकोले मंगलबार काडिजसँग मैत्रीपूर्ण खेल खेल्ने तय छ भने सेप्टेम्बर २७ मा घरेलु मैदानमा ग्रानाडासँगको खेलबाट ला–लिगाको सुरुवात गर्ने तालिका छ । 



यसअघि एथ्लेटिको मड्रिडका फरर्वाड डिएगो कोस्टा तथा डिफेन्डर स्याटियागो एरिसलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।



  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार ११:४४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया