होम आइसोलेसनमा रहेकी ८५ वर्षीया वृद्धाको मृत्यु

कोरोना संक्रमण देखिएकी चितवनकी ८५ वर्षीया वृद्धाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी वृद्धाको आइतबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

संक्रमण पुष्टि भए पनि उनी होम आइसोलेसनमा रहेकी थिइन् । वृद्धा अल्सर र क्यान्सरकी बिरामी हुन्।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु भएको चितवनमा यो दोश्रो घटना हो ।

यसअघि खैरहनी नगरपालिकाकी १०८ वर्षीया वृद्धाको पनि घरमै मृत्युभएपछि कोरोना पुष्टि भएको थियो।

कोरोना संक्रमणका कारण अहिलेसम्म चितवनका १७ जनाको मृत्यु भएको छ।

चितवनमा कुल १ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा होम आइसोलेसनमा मात्रै २५० जनाभन्दा बढी रहेका छन्।





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १२:१७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया