कांग्रेस सभापति शेरबहादुर देउवाले पहिरो पीडितको उद्दार, राहत र सुरक्षित स्थानान्तरणको लागि सरकारसँग माग गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७, का नागफुजे, भीरखर्क र नेवार टोलमा गएको पहिरोबाट कयौंको मृत्यु र वेपत्ता भएपछि देउवाले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता जोखिम हुन नदिन बस्ती नै स्थानान्तरणको माग गरेका हुन् ।
‘प्राकृतिक विपतको घडीमा तीव्रताका साथ वेपत्ताको खोजी गर्न, घाइतेलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्री र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न म सरकारसँग आग्रह गर्दछु’ देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिरोले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भू–गर्भ विद्हरुले औंल्याएका जोखिमका वस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउँदै सरकार समक्ष माग गर्दछु ।’
उद्धार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका साथ लाग्न देउवाले पार्टी पङ्क्तिलाई आग्रहसमेत गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।