नेकपाले मंसिरभित्र सदस्यता नवीकरण गरिसक्ने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठन विभागले आगामी मंसिरभित्र सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ । पार्टी विवाद साम्य भएलगत्तै आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेपछि नेकपामा ८ लाख सदस्य रहेको सो पार्टीले दाबी गर्दै आएको छ । सदस्यहरुको अभिलेख चुस्त–दुरुस्त नभएकाले सो संख्यामा थपघट आउने देखिन्छ ।

यसअघि शुक्रबार सम्पन्न स्थायी समिति बैठकले महाधिवेशनको तयारीका लागि आगामी कात्तिक १५ देखि १७ सम्म केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । संगठन विभागको बैठकले आगामी मंसिरभित्र सदस्यता नवीकरण र नयाँ सदस्यबारे सबै काम सक्ने निर्णय गरेको हो । 

नेकपाले आगामी असोज महिनाभित्र एकताका सबै काम सम्पन्न गर्ने निर्णय गरिसकेको छ । सो अवधिमा एकताका काम सकिएपछि आगामी चैत २५ देखि ३० सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि सहज हुने सो पार्टीको बुझाइ छ । 





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १६:५४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया