नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता जारी

शुक्रबार स्थायी कमिटीको बैठक सम्पन्न भएपछि नेकपाका दुई अध्यक्षबीच पहिलोपटक भेटवार्ता भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको हो । 

भेटवार्तामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले तयार पारेको कार्ययोजना कार्यान्वयनबारे छलफल हुने बताइएको छ ।

शुक्रबारको स्थायी कमिटी बैठकले ओलीलाई पूरै कार्यकाल सरकार चलाउने र प्रचण्डलाई कार्यकारी अधिकारसहितको अध्यक्षको भूमिका दिने निर्णय भएको थियो । 

साथै बहुचर्चित एमसिसीलाई परियोजनालाई परिमार्जन गरी अनुमोदन गर्ने निर्णय पनि गरेको थियो ।





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १८:२०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया