बाह्रबिसे पहिरोः ११ जनाको शव भेटियो, २० अझै बेपत्ता

सिन्धुपाल्चोकको बाहबिसेमा शनिबार राति गएको पहिरोमा पुरिएका थप दुईजनाको शव भेटिएको छ । योसँगै सो पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा अझै २० जना हराइरहेका छन् । पहिरोले बाह्रबिसे नगरपालिका ७ को भिरखर्कका १० र नागपुजे गाउँका सात घर पुरिएका छन् ।

​ज्यान गुमाउनेमा ९८ वर्षीया ट्याक्सी शेर्पा, ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ६० वर्षीया सर्किनी नेवार, ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, र २५ वर्षीय कर्णबहादुर श्रेष्ठ  छन् । त्यस्तै, ६५ वर्षीय धनलाल विक, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, आठ वर्षीय सन्देश विक र पाँच वर्षीया सरस्वती विकको पनि ज्यान गएको छ ।

हराएकाको खोजीमा सुरक्षाकर्मी र स्थानीयवासी लागिरहेको प्रहरीले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १८:३४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया