बर्दियामा कन्ट्याक ट्रेसिङमा परेका ६१ जनामा कोरोना संक्रमण पुष्टि

बर्दियामा कन्ट्याक ट्रेसिङमा परेका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सिजी ग्रुपका कर्मचारीमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक ट्रेसिङ गरिएको थियो । 

आज संक्रमण पुष्टि भएकामध्ये ३६ पुरुष र २५ महिला छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणका क्रममा बर्दियाका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमण पुष्टि भएकामध्ये ५८ जना बाँसगढी नगरपालिका र तीनजना भने बढैयाताल गाउँपालिकाका छन् । योसँगै बर्दियामा संक्रमित कुल संख्या ५ सय १५ पुगेको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कुल संक्रमितमध्ये तीन सय ३२ जना निको भइसकेका छन् । दुई सय ६ जनाको भने नतिजा आउन बाँकी छ ।





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १९:४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया