रेशम चौधरीलाई रिहाइ गर्न जसपाको माग

जनता समाजवादी पार्टीले रेशम चौधरीलगायतका आफ्ना नेता–कार्यकर्तामाथिको मुद्दा खारेज गर्न सरकारसँग माग गरेको छ । सो पार्टीले आइतबार एक विज्ञप्ति जारी चौधरीको यथाशीघ्र रिहाइको माग गरेको छ ।  

 ‘जनआन्दोलन, सशस्त्र विद्रोह–जनयुद्ध तथा एतिहासिक मधेस जनविद्रोह र थरुहट आन्दोलनलगायत विगतमा भएका संघर्ष र बलिदानकै परिणामस्वरुप मुलुकमा राजनीतिक परिवर्तन भई संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल स्थापना भएको हो । तर, उक्त आन्दोलन खासगरी मधेस–थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्तामाथि सरकारद्वारा मुद्दा चलाउने, धनसम्पति रोक्का गर्ने, थुनामा राख्ने कार्य अझैसम्म जारी नै रहिरहेको छ,’ विज्ञप्तिमा जसपाले भनेको छ, ‘यस्ता कार्य बन्द गरी हाल जेलमा राखिएका जसपा, नेपालका नेता मा. रेशम चौधरीलगायतका नेता–कार्यकर्तामाथि सरकारले लगाएका मुद्दाहरु खारेजगरी मा. रेशम चौधरीलाई यथाशीघ्र रिहाइ गरिनुपर्दछ ।’

टीकापुरमा सात प्रहरी र एक बालकको ज्यान जाने गरी भएको नरसंहारको घटनामा अदालतबाट दोषी ठहर भई चौधरी अहिले थुनामा छन् ।





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १९:३४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया