सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । यो स्थायी समिति बैठक सकिएपछि दुई अध्यक्षबीचको पहिलो भेटवार्ता हो ।
आइतबार साँझ ओलीसँग भेटघाटका लागि प्रचण्ड साँझ ५ बजे बालुवाटार पुगेका थिए । छलफल साँढे ७ बजेसम्म चलेको थियो । छलफलमा पार्टीका महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।
भेटघाटका क्रममा भर्खर सम्पन्न स्थायी समितिको बैठकको समीक्षा भएको महासचिव विष्णु पौडेलले जानकारी दिए । स्थायी समिति बैठकले एकतालाई बलियो बनाउने र सहमतिकासाथ अधि बढ्ने कुरालाई जोड दिएको निष्कर्ष अध्यक्षद्वयले निकालेको महासचिव पौडेलको भनाइ छ । स्थायी समिति बैठकका क्रममा निकै उतारचढाव देखिएको भए पनि सकारात्मक निष्कर्षका सकिएको धारणा दुवै अध्यक्षको रहेको उनले जानकारी दिए ।
असार १० गते सुरु भएको स्थायी समिति बैठक पार्टीको आन्तरिक विवादका कारण पटक–पटक रोकिएर भदौ २६ गते सकिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।