युएन मिसनमा लिबिया जान लागेका सेनाका जवानलाई कोेरोना, आइतबारको उडान स्थगित

युएन मिसनमा लिबिया जान लागेका सेनाका जवानलाई कोेरोना देखिएपछि आइतबारको उडान स्थगित भएको छ । 

उनीहरु युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबियाअन्तर्गत शान्ति सेनामा जान लागेका थिए । लिबियामा कार्यरत रहेको फौज बदली गर्न जान लागेका केही जवानलाई संक्रमण पुष्टि भएपछि रोटेसन उडान स्थगित भएको हो । 

तालिम सकेर क्वारेन्टिनमा बसेकाहरुको पिसिआर परीक्षण गर्दा उनीहरुमध्ये केहीलाई कोरोना संक्रमण देखिएको सेनाले जनाएको छ । 

कोरोना पोजिटिभ देखिएका सैनिकको सम्पर्कमा रहेकाहरुलाई कन्ट्र्याक्ट ट्रेसिङ गर्ने र सबैको पुनः स्वास्थ्य परीक्षण गरेपछि रोटेसन उडानको मिति तय हुने नेपाली सेनाले जनाएको छ । 

लिबियामा २२८ जना फौज र एकजना सैनिक पर्यवेक्षक गरी २२९ जना नेपाली सैनिक कार्यरत छन् । 





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार २०:५३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया