दोस्रो एकदिवसीयमा इङ्ल्याण्ड विजयी

इङ्ल्याण्ड-अष्ट्रेलियाबीच जारी ३ खेलको एकदिबसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा घरेलु टोली इङ्ल्याण्ड विजयी भएको छ। इङ्ल्याण्डले पाहुना टोली अष्ट्रेलियामाथि २४ रनको जित हात पारेको हो।  

गएराति म्यानचेस्टर स्थित इमिरेट् वल्ड ट्राफफोर्ट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३१ रनको योगफल तयार पारेको थियो।

२३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४८.४ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाएर मात्र २०७ रन बनाउन सक्यो।

अष्ट्रेलियका लागि कप्तान आरेना फिंचले अर्धसतकीय पारी खेल्दा मार्नस लाबुसेनले ४८ तथा एलेक्स केरीले ३६ रनको योगदान दिए। १०५ बलको सामना गरेको फिंचले ८ चौका तथा १ छक्काको मदतमा ७३ रन प्रहार गरे।

इङ्ल्याण्डका लागि जोफ्रा आर्चर, साम करन र क्रिस वोक्सले समान ३ तथा आदिल राशिदले १ विकेट हात पारे।

इङ्ल्याण्डका लागि कप्तान इयन मोर्गानले सर्वाधिक ४२ रनको योगदान दिँदा, जो रुटले ३९ तथा टम करनले ३७ रनको योगदान दिए।



अष्ट्रेलियाका लागि एडम जाम्पाले ३ ,मिचेल स्र्टाकले २ तथा जोस हेजलउड, प्याट कमिंस र मिचेल मार्शले सामान १ विकेट हात पार्दा १ विकेट रन आउटको रुपमा प्राप्त भयो ।

यो जितसँगै इङ्ल्याण्डले सिरिजमा १-१ को बराबरी गरेको छ। अब तेस्रो तथा अन्तिम खेल साविककै मैदानमा सेप्टेम्बर १६ मा हुनेछ।



  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार ६:४८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया