टोटनहममाथि एभर्टन १–० ले विजयी

एभर्टनले इङ्गलिस प्रिमियरको नयाँ सिजन जितको साथ सुरु गरेको छ । गएराति भएको खेलमा एभर्टनले टोटनहममाथि १–० को कठिन जित हात पारेको हो ।

टोटनहमको घरेलु मैदानमा भएको खेलमा ५५ औं मिनेटमा डोमोनिक काल्भर्ट लेविनले गरेको एक मात्र गोल नै इभर्टनको जितका लागि पर्याप्त बनेको थियो । उनले लुकास डिनेको फ्रिकिकमा हेडमार्फत् उत्कृष्ट गोल गरेका थिए । 

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले आफ्ना नयाँ खेलाडीलाई डेब्यु गराएका थिए । एभर्टनले  कोलम्बियन स्टार जेम्स रोड्रिगेज, ब्राजिलियन खेलाडी एलना तथा फ्रेन्च खेलाडी अब्दुलाए डाकुरेलाई डेब्यु गराउँदा टोटनहमले आइरिस खेलाडी म्याट डोहर्टी तथा डेनिस खेलाडी पिएर एमिल होएबिएरलाई डेब्यु गराएको थियो ।





  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार ११:१४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया