‘सेल्फ प्रशिक्षणलाई प्राथमिकता दिउँ, सहज भएपछि मैदानमा भेटौंला’

कोरोना भाइरसको संक्रमणका बीच नेपालमा कुनै पनि खेल गतिविधि हुन सकेका छैनन् । विश्व स्तरमा केही खेलकुद गतिविधि सञ्चालन हुँदा नेपालमा भने प्रशिक्षण सुरु हुन सकेको छैन । 

यो समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप-कप्तान दीपेन्द्र ऐरीले खेलाडीलाई सेल्फ प्रशिक्षणलाई प्राथमिकतामा दिन सुझाव दिएका छन् । 

उनले खेल प्रशिक्षणमा सरकारले अनुमति नदिँदासम्म सेल्फ प्रशिक्षणलाई महत्त्व दिँदा सहज हुने बताए ।

‘यो महामारीको समयमा हामी आफैंमा सुरक्षित रहने अवस्था हो । सबैले कसरी सुरक्षित रहने भन्‍ने विषयमा सोच्‍नुपर्ने समय छ । खेल क्षेत्र पनि यसबाट अछुतो भने छैन । विश्वस्तरमा खेलकुद प्रशिक्षण र खेल सुरु हुँदा हामी अहिले त्यो अवस्थामा छैनौं । सरकारले पनि अहिले खेल प्रशिक्षणलाई अनुमति भएको छैन । यो समय खेलाडीले सेल्फ प्रशिक्षण गर्दा सहज हुनेछ । जसले गर्दा आफ्नो फिटनेसमा पनि सुधार आउनेछ । अनि लामो समयपछि मैदान फर्कंदा पनि खेलाडीलाई सहज हुनेछ,’ दीपेन्द्रले भने ।

दीपेन्द्र स्वयं अहिले सेल्फ प्रशिक्षणमा व्यस्त छन् । आफूसँग भएका स्रोत-साधन सदुपयोग गर्दै प्रशिक्षण गरिरहेको उनी बताउँछन् । प्रशिक्षण नहुँदा लामो समय घरमै बस्दा खेलाडीको फिटनेसमा कमजोरी आउने भएकाले अहिलेको अवस्थामा सहज उपाय भनेकै सेल्फ प्रशिक्षण भएको उनको बुझाइ छ ।

‘करिब ६ महिना घरमा बस्यौं । यो सममा सधैं फिटनेसको चिन्ता थियो । प्रशिक्षण हुने आशा थियो । भदौ १ देखि प्रशिक्षण हुने भनिए पनि सम्भव भएन । पुरानै अवस्था दोहोरिँदा खेल क्षेत्र र खेलाडीलाई समस्या भयो । अवस्था सामान्य हुँदासम्मका लागि हामी सेल्फ प्रशिक्षणलाई प्राथमिकता दिउँ । पछि मैदानमा भेटौंला,’ उनले भने ।





  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार १३:३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया