राप्रपाका अध्यक्ष कमल थापाले कोरोनाबाट जोगिनका लागि टिप्स दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत तीन काम गर्न भन्दै टिप्स दिएका हु्न् ।
कोरोना महामारी बढ्दै गइरहेकाले अब कोरोना कहरकै बीच बाँच्नु र जीवन चलाउनु अनिवार्य भएकोले घरबाट बाहिर निस्कँदा मास्क प्रयोग गर्ने, कम्तिमा दुई मिटरको दूरी कायम गर्ने र बेला बेलामा साबुन पानीले हात धुने काम गर्नुपर्ने उनले सुझाएका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा बुँदागत रुपमा लेखेका छन् ,‘कोरोना महामारी बढदै छ । कोरोना कहरकै बिच बाँच्नु र जीवन चलाउनु अनिवार्य भएको छ विज्ञहरूका थरीथरीका व्याख्या सुनेपछि मेरो निष्कर्षः
–घरबाहिर निस्कदा मास्क प्रयोग गरौँ
–कम्तिमा २ मिटरको दूरी कायम गरौँ
–बेलाबेला साबुन पानीले हात धुऔं
यति तीन काम अनिवार्य ग¥यौं भने कोरोनाबाट जोगिन सकिन्छ ।
कोरोना महामारी बढदै छ।कोरोना कहरकै बिच बाँच्नु/जीवन चलाउनु अनिवार्य भएको छ
— Kamal Thapa (@KTnepal) September 14, 2020
विज्ञहरूका थरीथरीका व्याख्या सुनेपछि मेरो निष्कर्ष:
-घरबाहिर निस्कदा मास्क प्रयोग गरौँ
-कम्तिमा २मिटरको दूरी कायम गरौँ
-बेलाबेला साबुन पानीले हात धुऔं
यति ३काम अनिवार्य गर्यौं भने कोरोनाबाट जोगिन सकिन्छ
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।