नेपाली सेनाका केन्द्रीय प्रवक्ता सन्तोषबल्लभ पौडेलले उत्कृष्ट आलेखका ५० हजार राशिको पुरस्कार पाएका छन् । नेपाली सेनाले प्रकाशित गर्दै आएको जर्नलमा प्रकाशित लेखमध्ये २०७६ का लागि उनको लेख सर्वोत्कृष्ट भएको हो ।
नेपाली सेनाले सिपाही वार्षिक २०७६ र ‘द शिवपुरी’ जर्नलमा प्रकाशित लेखमध्येबाट सहायक रथी पौडेलको लेखलाई सर्वोत्कृष्ट ठहर गर्दै पुरस्कृत गरेको हो ।
त्यसैगरी, प्रमुख सेनानी अनिलकुमार बुढाथोकीको लेख दोस्रो र प्रमुख सेनानी सुधिरप्रताप सिंहको लेख तेस्रो भएको छ । उनीहरुले पुरस्कारस्वरुप क्रमशः ३५ हजार र २५ हजार रुपैयाँ पाएका छन् ।
अन्य सात लेखकलाई जनही १०–१० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।