कुलमानको नियुक्तिबारे प्रधानमन्त्रीले कानुनी प्रश्न उठाएपछि छलफल नै भएन
फाइल फोटो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी प्रश्न उठाएका छन्।
 प्रधानमन्त्रीले कानुनी प्रश्न उठेको भन्दै मन्त्रिपरिषद् बैठकमा कुलमानको विषयमा छलफल अगाडी नबढाएको एक मन्त्रीले बताए ।

मन्त्रीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकमा  ऊर्जामन्त्री वर्षमान पुन अनन्तले घिसिङलाई पुनः नियुक्ति गर्ने प्रस्ताव लगेका थिए ।  तर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीले सुरुमै कानुनी प्रश्न रहेकाले यसमा आफूले थप परामर्श गर्ने बताएपछि बैठकको मुल एजेण्डामै प्रवेश भएन ।

कानुनी प्रश्न उठेकाले यसबारे परामर्श गर्न जरुरी रहेकाले आजको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्न नसकेको ती मन्त्रीले बताए ।





  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार २२:१७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया