बाराका एक कोरोनाभाइरस संक्रमितको वीरगन्जमा मृत्यु भएको छ । बाराको जितपुरसिमारा उपमहानगरपालिका १४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा निधन भएको हो ।
सोमबार साँझ उनको निधन भएको अस्पतालले जनाएको छ । उनलाई सोमबार विहान अस्पताल भर्ना गरिएको थियो ।
मधुमेह र उच्च रक्तचापले ग्रसित उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो । योसँगै अब वीरगन्जमा मात्र कोरोनाका कारण ६२ जनाले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।