मेसी बने सर्वाधिक कमाइ गर्ने फुटबलर

अर्जेन्टिना तथा बार्सिलोना कप्तान लियोनल मेसी यो वर्ष सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । उनले पोर्चुगल तथा युभेन्टसका फरवार्ड क्रिश्चियानो रोनाल्डोलाई पछि पारेका हुन् ।

अमेरिकी आर्थिक म्यागेजिन फोर्ब्सले सोमबार निकालेको सूचीअनुसार मेसीले यो वर्ष १ सय २६ मिलियन अमेरिकी डलर कमाइ गरेका छन् । रोनाल्डोको कमाइ १ सय १७ मिलियन अमेरिकी डलर छ ।

पेरिस सेन्ट जर्मन (पिएसजी) का दुई फरवार्ड ब्रजिलियन खेलाडी नेयमार तथा फ्रेन्च खेलाडी केलियन एम्बाप्पे क्रमशः तेस्रो तथा चौथो स्थानमा छन् । नेयमारको कमाई ९६ तथा एम्वाप्पेको कमाइ ४२ मिलियन अमेरिकी डलर छ । 

लिभरपुलका इजिप्टियन फरवार्ड महम्मद सलाह ३७ मिलियन अमेरिकी डलरको साथमा पाँचौं स्थानमा रहँदा म्यानचेस्टर युनाइटेडका फ्रेन्च मिडफिल्डर पउल पोग्बा ३४ मिलियन अमेरिकी डरलको साथमा छैटौं स्थानमा छन् । 

३३ मिलयन अमेरिकी डलर कमाई गरेका बार्सिलोनाका फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजमन सातौं र २९ मिलियन अमेरिकी डलर कमाइ गरेका बेल्स तथा रियल मड्रिडका विंगर गारेथ बेल आठौं स्थानमा छन् । 

बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की २८ मिलियन अमेरिकी डलरको साथमा ९ औं तथा म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलरक्षक डेभिड डि हेय २७ मिलियन अमेरिकी डलरका साथमा १० औं स्थानमा छन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार ११:२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया