कोरोनाभाइरसः भारतमा ४९ लाख संक्रमित

भारतमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमितको संख्या ८३ हजार ८ सय ९ जना थपिएका छन् । योसँगै भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ४९ लाख कटेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनसार पछिल्लो २४ घन्टामा १०५४ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । 

योसँगै अब भारतमा ९ लाख ९० हजार ६१ जना सक्रिय कोरोनाभाइरस संक्रमित रहेका छन् । अनि भारतमा कोभिड १९ का कारण ८० हजार ७ सय ७६ जनाले ज्यान गुमाइकेका छन् । 

भारतमा महाराष्ट्र कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य हो । त्यहाँ कोरोनाभाइरसका २ लाख ९१ हजारभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार ११:१४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया