परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता
फाइल तस्बिर

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमन्त्री नियुक्त नहुँदासम्म प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई तोकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । 

सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरेर होइन, प्रधानमन्त्रीले तोक्नुभएको हो । यो सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त नगर्दासम्मको अस्थायी प्रबन्ध भएको पनि सचिवालयले जनाएको छ । 

मन्त्रिपरिषद्‍ले यस सम्बन्धमा कुनै निर्णय नभएको एक मन्त्रीले जानकारी दिएका थिए । 

गत फागुन २० गते युवराज खतिवडाले संवैधानिक प्रावधान अन्तर्गत राजीनामा दिएपछि प्रवक्ता तोकिएको थिएन । अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैंले सम्हालिरहेका छन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार ११:१९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया