एमसिसी अनुमोदन गर्न ओली–प्रचण्डको निर्देशन
फरकधार / ३० भदौ, २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसद्मा विचाराधीन रहेको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता (एमसिसी) पास गर्ने भएको छ । 



एमसीसीबारे नेकपाले लामो समयदेखि छलफल चलाउँदै आएको थियो । पाँचौं स्थायी कमिटीको बैठकले भने एमसिसी अनुमोदन गर्न निर्देशन दिएको छ । 

अध्यक्षद्वयले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) मा पनि सम्झौतालाई राष्ट्रियहितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने उल्लेख गरिएको छ । 

‘नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कपोरेसन बीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता यतिबेला संसद्मा अनुमोदनका लागि विचाराधीन अवस्थामा छ । उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नु अघि आवश्यक अध्ययन गरी सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोस्रो बैठकबाट कार्यदल गठन गरिएको थियो,’ अपानिले भनेको छ, ‘कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सो सम्बन्धी कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने । उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने ।’

अपानिको १५ औं बुँदामा यसरी भनिएको छ ः 


 

  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १२:४:०,   अन्तिम अपडेट : भदौ ३०, २०७७ मंगलबार १४:०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया