ललितको उपचारमा सहयोग गर्न सिप्यानको अपिल

मोटरसाइकल दुर्घटना परेर गम्भीर घाइते भएका क्रिकेटर ललित भण्डारीको उपचारका लागि आर्थिक सहयोग गर्न क्रिकेट खेलाडी संघ नेपालले सबैलाई अपिल गरेको छ ।

सिप्यानले मङ्गलबार एक विज्ञप्ति निकाल्दै सार्वजनिक रूपमा अपिल गरेको हो । यसका लागि क्रिकेट प्लेयर्स सोसिएसन नेपालको नाममा सेन्चुरी कमर्सियल बैङकमा रहेको खाता नम्बर ००१०००२५२९ऋब्  (सिए) मा पैसा जम्मा गर्न सकिने   सिप्यानले बताएको छ ।  

आइतबार धनगढीबाट महेन्द्रनगर जाने क्रममा उनी सवार मोटरसाइकललाई  ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई धनगढीकै निसर्ग अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो ।

कोहलपुर मेडिकल कलेजमा उपचार भएपछि उनलाई सोमबार हेलिकप्टरमार्फत काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको छ । हल खतरामुक्त रहेका उनको मल्टिपल फ्याक्चरका कारण हात तथा खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

नेपाली क्रिकेट खेलाडीको हक हितका लागि समर्पित सिप्यान भण्डारीको उपचारका लागि सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध छ । खेलाडीको हक हितका लागि  विगतदेखि नै काम गर्दै आएको सिप्यानले भण्डारीको सहयोगका लागि पहल कदमी लिने जानकारी गराएको छ । साथै सिप्यानसँग हालेमालो गर्दै सहयोग गर्न सम्पूर्णमा अपिल गर्दछौं र संकलित सम्पूर्ण रकम घाइते भण्डारीलाई हस्तान्तरण गरिनेछ । सिप्यानका अध्यक्ष मनीषराज पाण्डे तथा महासचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १२:२०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया