लगानीकर्ता नाफाबुकमा लाग्दा बजार ओरालो

केही दिनदेखि निरन्तर बढेको सेयर बजार मंगलवार ४ दशमलव ४७ अंक घटेको छ । कारोबारको दोस्रो घण्टासम्म बढेको बजार पुनः ओरालो लागेको हो ।
लगातार पाँच दिनदेखि बढेको बजारमा लगानीकर्ता नाफा बुक गर्न सक्रिय हुँदा बजारमा केही करेक्सन भएको विश्लेषकको भनाइ छ । 

यस दिन नेप्से परिसूचक १ हजार ५३६ दशमलव शून्य ३ विन्दुमा झरेको छ । सोमवार ३ दशमलव २६ अंक बढेर १ हजार ५४० दशमलव ५१ विन्दुमा बजार बन्द भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा सोमवार परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । सोमवार ३ अर्ब २१ करोडको सेयर खरीदविक्री भएको थियो भने मंगलवार  कारोबार रकम १ अर्ब ८० करोड रूपैयाँमै सीमित भयो । यस दिन १९१ ओटा कम्पनीको २८ हजार १४४ पटकको व्यापारमा उक्त रकम बराबरको ५७ लाख २३ हजार ५६३ कित्ता सेयर कारोबार भएको हो ।

मंगलवार सर्वाधिक सेयर गर्ने कम्पनीको सूचीमा पनि नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा छ । यस दिन उक्त कम्पनीको रू. ११ करोड २१ लाख ८२ हजार बराबरको सेयर कारोबार भएको हो । यो दिन दिव्यश्वरी हाइड्रोपावरको १० प्रतिशतले सेयरमूल्य बढेको छ ।

त्यस्तै एनआरएन लघुवित्तको ९ दशमलव ९२ प्रतिशत, रिलायन्स लाइफ इन्स्योरेन्सको ९ दशमलव ८६ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९ दशमलव ८४ प्रतिशत र घलेम्दी हाइड्रोको ९ दशमलव ५९ प्रतिशत सेयरमूल्य बढेको हो । यस दिन सर्वाधिक सेयरमूल्य घट्नेमा माउण्टेन हाइड्रो र राधी विद्युत कम्पनी रहेका छन् । 

माउण्टेन हाइड्रोको ४ दशमलव ८५ प्रतिशत र राधी विद्युतको ४ दशमलव शून्य २ प्रतिशत सेयरमूल्य घटेको हो । 
मंगलवार कारोबारमा आएका १२  ओटा समूहमध्ये म्युचुअल फण्डको शून्य दशमलव ३८ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव १८ प्रतिशत र होटल समूहको शून्य दशमलव ५९ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । 

यस दिन बैंकिङ समूहको शून्य दशमलव २४ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ३७ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८२ प्रतिशत, जलविद्युतको शून्य दशमलव ७१ प्रतिशत, वित्तको शून्य दशमलव ३६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव शून्य ४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४१ प्रतिशत, अन्यको शून्य दशमलव ७३ प्रतिशत र जलविद्युतकाे शून्य दशमलव १५ प्रतिशत परिसूचक घटेको छ ।





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १५:४८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया