स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् ।
जसअनुसार काठमाडौंमा ५५५, काभ्रेमा ८, चितवनमा ३७, दोलखामा ५, धादिङमा ४, नुवाकोटमा २, भक्तपुरमा ८६, मकवानपुरमा ८७, रामेछापमा २ र ललितपुरमा ३५ जनामा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी, ओखलढुङ्गामा १, खोटाङमा १, झापामा ६, ताप्लेजुङमा १, पाँचथरमा १, भोजपुरमा १, मोरङमा १११, सुनसरीमा १७, धनुषामा ६, पर्सामा १, बारामा ३, महोत्तरीमा ९, रौतहटमा २६, सप्तरीमा २४, सर्लाहीमा ४, सिरहामा १६२ जना थपिएका छन् ।
मन्त्रालयका अनुसार सिन्धुपाल्चोकका २, कास्कीका ७, गोरखाका ५, तनहुँका ९, नवलपरासीपूर्वका २१, लमजुङका ४, स्याङ्जाका १४, अर्घाखाँचीका ३, गुल्मीका ३, दाङका २६, नवलपरासीका ३, पाल्पाका १६, बाँकेका २७, रुपन्देहीका ५१, दैलेखका २, सल्यानका २, सुर्खेतका २३, कञ्चनपुरका ८, कैलालीका ११, डोटीका ११, दार्चुलाका ३, बझाङका २ तथा बैतडीका ८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । मंगलबार मात्रै १ हजार ६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।