कामदारलाई कोरोना देखिएपछि  औषधी उद्योग बन्द


कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मोरङको कटहरी गाउँपालिकास्थित एमटेक मेड प्रालि बन्द भएको छ ।

उद्योगका १ सय ८० कामदारको पिसिआर परीक्षण गराउँदा १५ जनालाई कोरोना भाइरस पोजिटिभ देखिएको बताइएको छ । कारखाना निर्मलीकृत गरेपछि नेगेटिभ रिपोर्ट आएका कामदारलाई बोलाएर सञ्चालन गरिने बताइएको छ ।

संक्रमितमध्ये एक जनालाई गाह्रो भएको हुँदा कोशी अस्पतालको कोभिड अस्पताल युनिटमा भर्ना गरिएको उद्योगले बताएको छ । मोरङमा कामदारमा कोरोना संक्रमण पुष्टि भएर उद्योग बन्द भएको यो दोस्रो घटना हो । यसअघि बुढीगंगा गाउँपालिकाको आरती स्ट्रिप्सका कामदारलाई कोरोना देखिएपछि उद्योग बन्द भएको थियो ।





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १७:५९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया