विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धा गराउने तयारी

चारवर्षे कार्यकाल पूरा गरेर कुलमान घिसिङ मंगलबार बिदा भएपछि सरकारले नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशक छनोटका लागि खुला प्रतिस्पर्धा गराउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक नेताका अनुसार सरकारले कानुनअनुसार नयाँ कार्यकारी निर्देशक छनोट खुला प्रतिस्पर्धाबाटै गराउन लागेको हो ।

यसअघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत यस्तो संकेत गरेका थिए । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानलाई दोहोर्याउन माग गरेको विषयमा प्रतिक्रिया दिँदै  थापाले सरकार कानुनअनुसार अघि बढ्ने बताएका थिए ।

निवर्तमान सिइओ घिसिङले भने आफू खुला प्रतिस्पर्धामा नजाने जानकारी राजनीतिक नेतृत्वलाई गराइसकेका छन् । उनले एकपटक कार्यसम्पादन क्षमता देखाइसकेको अवस्थामा फेरि प्रतिस्पर्धामा जान नचाहेको उनीनिकट स्रोतले बताएको छ । 

घिसिङले जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरणले १ अर्ब ४७ करोड, दोस्रो वर्षमा २ अर्ब ८५ करोड, तेस्रो वर्षमा ९ अर्ब ८१ करोड र चौथो वर्षमा ११ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । 





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १८:२५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया