कात्तिक १ देखि नेपाल आउन विदेशी पर्यटकका लागि अनुमति

सरकारले विदेशी पर्यटकको लागि कात्तिक १ देखि नेपाल आउन अनुमति दिने भएको छ ।

हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकका लागि आगामी कात्तिकदेखि खुला हुने भएको हो । 

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यसबारे जानकारी गराएका हुन् । कात्तिक १ अर्थात् अक्टोबर १७ देखि नेपाल आउन दिने निर्णय भएको उनले बताए ।

यसरी नेपाल आउने हरेक विदेशी नागरिकले ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट ल्याए मात्रै आउन पाउनेछन् । 

यसैबीच, बहराइनका राजकुमारसहित १८ जनाको टोली भोलि बुधबार नेपाल आउँदै छन् । उनीहरु हिमाल आरोहणका नेपाल आउन लागेका हुन् । 





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १८:३५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया