युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । 

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले डा. खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । उनलाई मन्त्रीस्तरीय सुविधा उपलब्ध गराउने गरी नियुक्त गरिएको हो ।   

डा. खतिवाडाले भदौ २० गतेबाट जिम्मेवारीमुक्त हुने भएपछि त्यसको एक दिनअघि राजीनामा गरेका थिए । 

उनलाई राष्ट्रिय सभामा लगेर मन्त्रीमा निरन्तरता दिन प्रधानमन्त्रीले जोडबल गरे पनि नेकपाको आन्तरिक राजनीति नमिल्दा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रि सभामा पठाउने निर्णय भएको छ ।





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १८:४७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया