१७ घण्टापछि नारायणगढ मुग्लिङ सडक खुल्यो
सांकेतिक तस्बिर

नारायणगढ मुग्लिङ सडक खण्ड करिब १७ घण्टापछि खुलेको छ ।

सोमबार रातिदेखि पूर्ण रुपमा अवरुद्ध भएको सडक खण्ड मंगलबार दिउँसो खुलेको हो । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत इच्छाकामना गाँउपालिका वडा नम्बर ६ स्थित चारकिलो नजिक सोमबार बिहान ८ बजे पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक सोमबार बेलुका ६ बजे एकतर्फी खुलेकोमा राति १० बजे पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

चारकिलो नजिकको पहिरो हटाइए पनि उक्त सडकखण्डको विभिन्न स्थानमा साना पहिरोका कारण सडक एकतर्फी मात्रै खुलेको छ । नारायणगढ मुग्लिङ सडक खण्डको भालुढुङ्गा, सिमलताल, जलबिरे लगायतको स्थानमा सडक एकतर्फी मात्रै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए । 





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १९:१०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया